लिखित जवाफसहित उपस्थित हुन प्रधानमन्त्री ओलीलाई सर्वोच्चको आदेश



न्युज अफ नेपाल, काठमाडौँ ।

सर्वोच्च अदालतले प्रधानमन्त्री केपीशर्मा ओलीलाई लिखित जवाफसहित अदालतमा उपस्थित हुन आदेश दिएको छ । सर्वोच्चले प्रधानमन्त्री ओलीलाई बिहीबार अपरान्ह अदालतको अवहेलना गरेको भनी परेको मुद्दामा लिखित जवाफ दिने गरि उपस्थित हुन आदेश दिएको हो ।

वरिष्ठ अधिवक्ता कुमार आचार्य र कञ्चनकृष्ण न्यौपानेले पेश गर्नु भएको उजुरीमा सुनुवाइ गर्दै न्यायाधीश मनोज शर्माको एकल इजलाशले प्रधानमन्त्री ओलीको नाममा आदेश जारी गरेको हो।

प्रधानमन्त्री ओलीले कानून व्यवसायीहरूलाई होच्चाएको , इजलासमा जारी बहसलाई तमासा भनि टिप्पणी गरेको , सर्वोच्चको संवैधानिक इजलासमा विचाराधीन रहेको मुद्दामा अभिव्यक्ति दिएको भन्दै अवहेलना सम्बन्धि उजुरी दर्ता भएको थियो ।

प्रधानमन्त्रीबिरुद्ध वरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्य र अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले केही दिनअघि अवहेलना सम्बन्धि मुद्धा दर्ता गर्नु भएको थियो । प्रधानमन्त्री ओलीले ९४ बर्षिय वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई बाजे वकिललाई सर्वोच्च लगेर तमासा देखाएको टिप्पणी गर्नु भएको थियो। प्रधानमन्त्रीको टिप्पणीले समग्र न्यायपालिकालाई अवहेलना गरेकोले मुदा दर्ता गर्नु परेको अधिबक्ताद्वय आचार्य र न्यौपानेले प्रतिक्रिया दिँदै आउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्