संवैधानिक इजलासमा गुञ्जियो ‘न बिर्सें तिमीलाई, न पाएँ तिमीलाई’



न्युज अफ नेपाल, काठमाडौं ।

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्चमा दायर रिटको सुनुवाईमा आज संवैधानिक इजलासभित्रै गायिका अन्जु पन्तको गित गुञ्जिएको छ ।

वरिष्ठ अधिवक्ता गोपाल कृष्ण घिमिरेले नेपालको संविधानलाई गीतसँग जोड्दै ‘न बिर्सें तिमीलाई, न पाएँ तिमीलाई’ भन्दै दुई लाइन गनगुनाएका हुन् ।

घिमिरेले भने, ‘दुई–दुई वटा संविधान सभाले बनाएको संविधान न बिर्सन सकिन्छ, न संविधान पाएको जस्तो भयो यो विघटनले ।’ सभामुखलाई समेत थाहा नदिइ विघटनको सिफारिस गरिएको बताउँदै उनले सरकारको यो असंवैधानिक कदम खारेजीको माग गरे ।

बिहीबारदेखि समयसीमामा कडाइ गरिएको छ । जसअनुसारबहसमा भाग लिनेहरुका लागि आजबाट १५ मिनेटको समय तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्