धरौटी बुझाएर छुटे भाइरल अर्जुन विक



न्युज अफ नेपाल, कैलाली ।

केही समयअघि पिठ्युमा बच्चा बोकेको तस्वीर मार्फत् भाइरल बनेका अर्जुन बिक ५० हजार धरौटी तिरेर छुटेका छन् ।उनीबरिुद्ध जबरजस्ती करणी र शरीर बन्धक बनाएको भन्दै कैलाली जिल्ला अदालतमा मुद्धा दर्ता भएको थियो । उनलाई केही दिनअघि काठमाडौंको तिनकुनेबाट पक्राउ गरिएका थियो ।

विकले काठमाडौंको देवीनगरस्थित डेरामा १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोप लागेको थियो ।

उनले श्रीमतीले छाडेर गएपछि तिमीसंगै बिवाह गर्छु भन्दै बालिकालाई आफूसंगै राखेको बताइएको छ । यद्यपी उमेर सानै भएकाले जबरजस्ती करणीमा उनलाई पक्राउ गर्न अदालतले वारेन्ट जारी गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्