मर्केल अन्तर्राष्ट्रिय भ्रमणमाथि कडा प्रतिबन्धको पक्षमा



बर्लिन, (एजेन्सी)

जर्मनीका चान्सलर एन्जेला मर्केलले विकसित रूपमा देखा परेको नयाँ कोरोना भाइरसको कारण ठूलै समस्या निम्तिने भयले सरकारले जारी गरेको अन्तर्राष्ट्रिय भ्रमणमाथि नयाँ तथा कडा प्रतिबन्ध लगाउनेबारे सोचिरहेको बताएकी छन् । जर्मनीको एकजना वरिष्ठ आन्तरिक मामिलामन्त्री होस्र्ट सिहोफरले मंगलबार सरकारले नयाँ कोरोना भाइरसलाई मुलुकमा प्रवेशै गर्न नदिन गम्भीर रूपमा योजना बनाउने भएको बताएका छन् ।

सरकारद्वारा चालिन सक्ने सुरक्षा उपायहरूमा सीमा क्षेत्रमा कडा नियन्त्रणदेखि जर्मनीका विमानस्थलहरूमा झन्डै सम्पूर्ण यात्रुवाहक उडान बन्द गर्नु उचित ठहरिने प्रतिबन्धमा पर्दछ । इजरायलले अहिले नयाँ कोरोना भाइरसको प्रकोपबाट बच्न यस्तै उपायहरू अपनाउँदै आएको छ ।

सरकारी अधिकारीहरूको छलफलसम्बन्धी चुहेको सूचनाका अनुसार मर्केलले पूर्णतः भ्रमण प्रतिबन्धका लागि दबाब दिइरहेकी छन् । यसअघि नै जर्मनीमा पर्यटन व्यवसाय बन्दै गरिएको अवस्था छ । तर, यसबाट लुफथान्सा लगायतका जर्मनीका अन्य एयरलायन्स धराशायी नै हुने सम्भावना भने बढी नै रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्