आज थप२८३ संक्रमित थपिए, ३ जनाको मृत्यु



काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा २ सय ८३ जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ७० हजार ३ सय ७५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये ३ हजार २ सय ८६ जना सक्रिय संक्रमित छन्। २४ घण्टामा थप ३ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या २०२० पुगेको छ । बागमती प्रदेशमा ४१ आइसियु र १४ भेन्टिलेटरमा, गण्डकीमा ६३ आइसियु र ६ भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा ३० आइसियु र ३ भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।

कर्णाली प्रदेशमा १ जना आइसियुमा छन् भने कुनै पनि संक्रमित भेन्टिलेटरमा छैनन्। सुदुरपश्चिम प्रदेशमा कुनै पनि संक्रमित आइसियु र भेन्टिलेटरमा नरहेको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्