सडक दुर्घटना न्यूनीकरणको लागि ट्राफिक प्रहरीको टल्कने कोन



काठमाडौ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले सडक विभाग, स्थानिय निकाय तथा विभिन्न संघसंस्थाहरूसँग समन्वय गरी सवारी दुर्घटना न्यूनिकरण गर्न सडकमा टल्कने ट्राफिक कोनहरु राखेको छ।

महाशाखाले काठमाडौ उपत्यको चक्रपथ तथा चक्रपथबाहिर२६ स्थान र चक्रपथभित्र८ स्थान गरि बढी दुर्घटना हुने३३स्थानहरु समेत पहिचान गरेको छ ।बढि दुर्घटना हुने ति स्थानहरुका सडकमा बिशेषगरी रातको समयमा सडक बत्ती नहुँदा अध्याँरोको कारण जेब्राक्रसिङ्ग तथा जथाभावी बाटो काट्ने पैदलयात्री र तीव्र गतिमा सवारी चलाउँदा दुर्घटनाको जोखिम उच्च रहेको पाईएको छ ।

यसरी हुने सडकदुर्घटनाकमगर्नमहाशाखाले निरन्तरअभियानहरू चलाइरहेको छ । महान गरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी जनक भट्टराईले तीब्र गतिका कारण हुने दुर्घटना न्युनिकरण गर्न बढि दुर्घटना जोखिम रहेको स्थानहरुमा रातको समयमा समेत टल्किने ट्राफिक कोनद्वारा स्पिड ब्रेकर बनाई गति नियन्त्रण गरिएको जानकारी दिनुभयो । यस्ता कोनहरू उपत्यकाको विभिन्न सडक खण्डमा ४३० थानराखिएको उहाँले बताउनुभयो।

एयरपोर्टन याँगेट, कार्गो, तिलगंगा, बालकुमारी, भाटभटेनीओरालो, बल्खुचोक,सितापम्प, खसिबजार, सितापाईला उकालो, वाफल, सानोभर्यािङ, वनस्थली, बबरमहल लगायतका सडकखण्डमा ट्राफिक कोनहरू राखिएको र यसलाई निरन्तरता दिइने महाशाखाले जनाएको छ ।यस अघि पनि महाशाखाले ललितपुर महानगरपालिकासँग समन्वय गरी यही पौष १३ गतेबालकुमारी देखी सानेपासम्मका बिभिन्न १३ स्थानमा २०० थान क्यात एख्ऋ त्चबााष्अ ऋयलभराखेको थियो । ति स्थानहरुमा ट्राफिक कोन राख्नुभन्दा १५ दिन अगाडी ४७ वटा दुर्घटनामा परि ३ जनाको मृत्यु र ३१ जना घाईते भएकोमा ट्राफिक कोण र सडक बत्ति जडान पश्चात त्यस क्षेत्रमा २९ वटा दुर्घटनामा १४ जना मानिस घाईते भएको जनाएको छ ।

महाशाखाले त्यस क्षेत्रमा भएका सवारी दुर्घटनाको बिश्लेषण गरी दुर्घटनामा उल्लेख्य कमी आएको जनाउदै यस प्रकारको अपरेसनल कार्यलाई थप निरन्तरता दिदै अन्य दुर्घटना सम्भाबित सडकहरुमा समेत राख्दै जाने योजना रहेको बताएको छ

प्रतिक्रिया दिनुहोस्