परीक्षाले सा-यो हेटौंडा गोल्डकप



हेटौंडा, (नेस)

हेटौंडामा पहिलोपटक आयोजना हुने भिडोल विजय युथ हेटौंडा गोल्डकप फुटबल प्रतियोगिता ६ दिनअगावै शुरू हुने भएको छ । प्रतियोगिता माघ २२ गतेदेखि आयोजना गर्ने तयारी रहेकोमा अब १६ गतेबाट सञ्चालन हुने भएको हो ।

फरेष्ट्री क्याम्पसको खेलमैदानमा हुने प्रतियोगिता क्याम्पसको विद्यार्थीको परीक्षाका कारण ६ दिन अगाडि गर्नुपर्ने बाध्यात्मक परिस्थिति आएको आयोजक क्लब अध्यक्ष सुदीप राजवाहकले जानकारी दिए । ‘फरेस्ट्री’ क्याम्पसका विद्यार्थीको परीक्षा परेका कारण खेल १६ गतेबाट सञ्चालन गर्नुपर्ने अवस्था आयो,’ अध्यक्ष राजवाहकले भने ।

प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको उनले बताए । प्रतियोगितामा आयोजकसहित विभिन्न जिल्लाका १० टिमको सहभागिता रहनेछ । करिब २१ लाख खर्च हुने अनुमान गरिएको प्रतियोगिताका विजेताले नगद ३ लाख र उपविजेता टिमले एक लाख ५० हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ ।

प्रतियोगिताका उत्कृट गोलरक्षक, फरवार्ड, मिडफिल्डर, डिफेन्डर र प्रशिक्षकलाई जनही ५ हजार नगदसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिने प्रतियोगिता संयोजक राजेश भेटवालले जानकारी दिए । प्रतियोगितालाई भिडोल लुब्रिकेन्ट्सले प्रायोजन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्