एनएमबिको निक्षेपमा ब्याजदर ५ प्रतिशतभन्दा बढी



काठमाडौं, (नेस)

एनएमबि बैंकले निक्षेपमा सबैभन्दा बढी ब्याज दिने दाबी गरेकोे छ । माघ महिना अघिदेखि नै बचतमा एनएमबि बैंकले ५ दशमलव १ प्रतिशतसम्म र मुद्दतीमा ८ दशमलव १ प्रतिशतसम्म प्रदान गरिरहेकोे जनाएको छ ।

बैंकहरु कर्जा सापटीमा केन्द्रित भएको देखिएता पनि चार वर्षमा तीनपटक बैंक अफ दि इयर अवार्ड पाएको एनएमबिले भने साना निक्षेपकर्तालाई मर्का नपरोस् भनेर अधिकतम ब्याजको योजना अघि सारेको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्