पाल्पामा टेलिकमको फोरजी सेवा



पाल्पा, (नेस)

नेपाल टेलिकमले पाल्पा जिल्लाका दशवटै स्थानीय तहमा आफ्नो आधुनिक सेवा फोरजी पु-याएको छ । फोरजी नेटवर्क कभरेजसँगै जिल्लाको समग्र स्थानीय तहमा प्राविधिक विकासका साथै शिक्षा, स्वास्थ्य, कृषिलगायतका क्षेत्रमा योगदान पुग्ने अपेक्षा गरिएको छ ।

नेपाल टेलिकम दूर सञ्चार कार्यालय पाल्पाका प्रमुख ढाकाराम पौड्यालका अनुसार पाल्पाको सबै स्थानीय तहमा उपकरण जडान कार्य सम्पन्न भई सेवा सञ्चालनमा आइसकेको जानकारी दिनुभयो । कार्यालयका इन्जिनियर विशाल भण्डारीका अनुसार फोरजी कभरेज नभएका केही नयाँ स्थानमा पनि फोरजी विस्तारका लागि सर्भे तथा जडानको काम भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्