प्रतिनिधिसभा विघटनको मुद्दामा सुनुवाइ सुरु



काठमाडौं । प्रतिनिधि सभा विघटन विरुद्धको मुद्दामाथिको सुनुवाइ सुरु भएको छ । सर्वोच्चको संवैधानिक इजलासमा मंगलबारको सुनुवाइ सुरु भएको हो । मंगलबार वरिष्ठ अधिवक्ता शम्भु थापाले बहसलाई निरन्तरता दिएका छन् ।

सोमबार उनले बहस गर्दैगर्दा इजलास बन्द भएपछि उनको बहस आजका लागि सरेको थियो । पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेकी थिइन् ।

सो विरुद्ध सर्वोच्चमा दर्जन बढी रिट परेका थिए । सर्वोच्चमा सुनुवाइ चलिरहदा साढे तीन सय बढी कानुन व्यवसायीले बहसका लागि नाम टिपाएका छन् । तीमध्ये अहिलेसम्म झण्डै दुई दर्जनले मात्रै बहस गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्