बालुवाटारबाट मानवअधिकारकर्मीहरूकाे विरोद्ध प्रदर्शन



काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटारमा मानव अधिकार तथा शान्ति समाजले विरोद्ध  प्रदर्शन गरेको छ । प्रदर्शनमा सहभागीहरुले प्रम ओली आपत्तिजनक अभिव्यक्ति दिन बन्द गर, ओली सरकार स् कीर्तेतन्त्र बन्द गर, अदालतलाई प्रभाव पार्न गरिएको दुष्प्रयास बन्द गर, राज्य संयन्त्रको दुरुपयोग बन्द गर लेखिएका प्ले कार्ड प्रदर्शन गरेका थिए ।

नागरिक अधिकारकर्मी कृष्ण पहाडीलगायतको विरोध कार्यक्रमलाई प्रहरीले बल प्रयोग गरेको हो । प्रधानमन्त्री निवास बालुवाटार अगाडि गरिएको प्रदर्शनीमा प्रहरीले पहाडी लगायत धेरैलाई पक्रेको छ । निषेधित क्षेत्रमा प्रवेश गरेको भन्दै प्रहरीले पक्राउ गरेको जनाएको छ । ओलीको असंवैधानिक कदमविरुद्ध नागरिक अगुवा सडक संघर्षमा ओर्लिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्