ग्लोबल आइएमई बैंकद्वारा नख्खु बजार क्षेत्रमा क्यूआर कोड सेवा



काठमाडौं, (नेस)

ग्लोबल आइएमई बैंकले नगदरहित कारोबारलाई प्रवद्र्धन गर्ने उद्देश्यले ललितपुरको नख्खु बजार क्षेत्रमा क्यूआर कोडमार्फत नगदरहित भुक्तानीको व्यवस्था मिलाएको छ ।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नख्खु क्षेत्रमा रहेका विभिन्न खुद्रा पसलमा क्यूआर कोडमार्फत नगदरहित भुक्तानी प्रवद्र्धन कार्यक्रमको उद्घाटन गर्नुभएको हो ।

बैंकले २६४ वटा शाखा, ४७ वटा एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर, २४० एटीएम, २४४ शाखारहित बैंकिङ सेवा र नेपाल बाहिर ३ प्रतिनिधि/सम्पर्क कार्यालय (अष्ट्रेलिया, बेलायत र भारत)मार्फत् २२ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्