रचनाको फर्की आउन आग्रह



गीतकार प्रमिला बस्नेतको ‘फर्की आउ मेरो हजुर’ बोलको गीत सार्वजनिक गरिएको छ । पछिल्लो समय चर्चामा रहेकी गायिका रचना रिमालको स्वर र विकास चौधरीको संगीत रहेको गीतमा रुकम सिंह गुरुङले संगीत संयोजन गरेका छन् ।

गीतकार बस्नेतका यसअघिका गीतहरूलाई पनि दर्शकले धेरै मन पराएका थिए । गीतमा परदेशमा भएका आफ्नो
प्राणभन्दा प्यारो श्रीमान्लाई स्वदेशमै फर्कन आग्रह गरिएको छ ।

गीतमाथि म्युजिक भिडियो पनि निर्माण गरिएको छ । गीतको म्युजिक भिडियो दयाराम घिमिरेले छायाँकन तथा सम्पादन गरेका छन् । गीतको म्युजिक भिडियोमा गीतको मर्मअनुसार मातृभूमिप्रति आस्था र माया देखाइएको छ ।

प्रतिक्रिया दिनुहोस्