राष्ट्रिय संगीतकर्मी संघमा सुनार



हेटौंडा, (नेस)।

राष्ट्रिय संगीतकर्मी संघ मकवानपुर अध्यक्षमा रुएल सुनार चयन भएका छन् । संघको दोस्रो अधिवेशनले अध्यक्षमा सुनारसहित नयाँ कार्यसमिति चयन गरेको हो । जसमा वरिष्ठ उपाध्यक्ष गीता दाहाल, उपाध्यक्षमा प्रेम स्याङतान, सचिव सुरेशप्रसाद देवकोटा (विशाल), सहसचिव घनश्याम ढकाल र कोषाध्यक्ष जसु अधिकारी (सम्झना) छन् ।

त्यसैगरी, अञ्जन दाहाल, सुनील पाण्डे, लक्ष्मी सुवेदी, भरत लामा, रजनी मोक्तान, पुष्प शिवाकोटी र जेनिशा गुरुङ सदस्य चयन भएका छन् । कार्यक्रममा राष्ट्रिय संगीतकर्मी संघका महासचिव विक्रमजंग शाह, गायिका सुशीला पाण्डे, संघका आजीवन सदस्य रवीन्द्र रिमाल, केन्द्रीय सदस्य सविता कार्की र मोडल कृतिशा केसी सहभागी थिए । कार्यक्रम संघका वरिष्ठ सल्लाहकार पम्फा थापामगरको सभाध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्