सलमानको सुरक्षामा शेरा



एजेन्सी । बलिउड अभिनेता सलमान खानको शेरा पछिल्लो २४ वर्षदेखि सलमानको सुरक्षा गरिरहेका छन् । उनको वास्तविक नाम गुरमीत सिंह जोली हो । सलमानका लागि शेरा कर्मचारी होइनन्, उनी त परिवारका सदस्य नै हुन् । सलमानसँगको उठबसले शेरा आज बलिउडकै प्रख्यात बडीगार्ड बनेका छन् ।

रोचक कुरा के छ भने सलमान जहाँ पुग्ने योजना बनाइरहेका हुन्छन्, शेरा एकदिन अघि नै त्यहाँ पुगिसकेका छन् । कैयौं पटक उनले बाटोको अवरोध हटाउनका लागि पाँच–पाँच किलोमिटरसम्म हिँडेका छन् । शेराले बडी बिल्डिङमा ‘जुनियर मि। मुम्बई’ र ‘जुनियर मि। महाराष्ट्र’ जस्तो उपाधि जितेका छन् ।

सलमानको सुरक्षाका लागि शेराले वार्षिक रुपमा दुई करोड रुपैँया पारिश्रमिक लिन्छन् । सलमानको बडीगार्ड हुनुअघि शेरा सलमानकै मुम्बई अपार्टमेन्ट नजिकै बस्थे । पछि मात्र उनी बडीगार्ड भए ।सलमानकै सल्लाह अनुसार केही वर्ष अघि शेराले आफ्नो इभेन्ट कम्पनी बिजक्राफ्ट पनि खोलेका छन् । उनको टाइगर सेक्युरिटी नामको कम्पनी पनि छ । जसले फिल्म स्टारलाई सुरक्षा दिनछ । सलमानलाई ‘भाई’ भनेर बोलाउने शेराले सलमानअघि भारत आउने हलिउड स्टारलाई सुरक्षा दिन्थे ।

‘म सलमान भाइको परिवारको हिस्सा हुँ । म उनलाई धेरै माया गर्छु । म पछिल्लो २४ वर्षदेखि भाइका साथ छु । उनी धेरै ठूलो मान्छे हुन् । उनी पहिलो भेटमै आफू भन्दा अघिको मान्छे चिन्द छन् । धेरै वर्ष अघि सोहेल भाइले मलाई आफ्नो अफिस बोलाउनुभएको थियो किनकी सलमान भाइको बाहिरी शोका लागि सुरक्षाकर्मी चाहिएको थियो । जब मैले सोहेल भाईलाई भेटे, उनले मलाई ‘तिमीले नै सलमानलाई बाहिरी शोमा सलमानको सुरक्षाका लागि जानेछौँ,’ उनले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्