राष्ट्रिय वाणिज्य बैंक प्रविधिमैत्री बन्दै



काठमाडौं, (नेस)

राष्ट्रिय वाणिज्य बैंकको ५६औं वार्षिकोत्सव भर्चुअल माध्यमबाट शनिबार सम्पन्न भएको छ । कार्यक्रममा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राष्ट्रिय वाणिज्य बैंकप्रति आमनागरिकको भरोसा, विश्वास रहेको बताउँदै बैंकले आगामी दिनमा प्रविधिमार्फत दिइने बैंकिङ सेवाले आमनागरिकमा लाभ पुग्ने गरी ग्राहकमैत्री सेवाको लागि थप कार्य गर्नुपर्ने बताउनुभयो ।

त्यसक्रममा अर्थमन्त्री पौडेलले बैंकको पाँचवटा शाखा र पाँचवटा एक्टेन्सन काउन्टरको पनि भर्चुअल माध्यमबाट एकसाथ उद्घाटन गर्नुभयो । कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकको समग्र स्थितिमा सुधारको लागि विगतमा धेरै कदम चालिएकाले बैंकका वित्तीय अवस्था र सेवाको गुणस्तरमा सुधार भई उत्पादकत्व बढेको बताउनुभयो ।

बैंक संचालक समितिका अध्यक्ष धनिराम शर्माले निक्षेपकर्ता र आम नागरिकको हितमा रही सामाजिक बैंकिङसहितको ग्राहकमैत्री सेवामा बैंकले जोड दिइरहेको बताउनुभयो । बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकको वर्तमान स्थिति र समग्र योजनाको बारेमा जानकारी गराउँदै बैंकले डिजिटल सेवालाई जोड दिइरहेको बताउनुभयो ।

उहा“ले पुस मसान्तसम्म बैंकले २ खर्ब ४२ अर्ब रुपियाँ निक्षेप संकलन गरी १ खर्ब ७५ अर्ब रुपियाँ कर्जा लगानी गरेको जानकारी दिनुभयो । बैंकको ७७ वटै जिल्लामा २४५ वटा शाखा कार्यालय, २०५ वटा एटीएम, ३८ स्थानमा एक्सटेन्सन काउन्टर, ९३ स्थानमा शाखारहित बैंकिङ सेवा संचालनमा रहेका छन् । वार्षिककोसवको अवसरमा प्रकाशन गरिएको विशेषाङ उपहार–२०७७ तथा अनलाइन बैंकिङ खाताको पनि भर्चुअल माध्यमबाट विमोचन तथा शुभारम्भ गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्