आत्महत्या गर्ने योजना छैन : नाभाल्नी



FILE PHOTO: Russian opposition leader Alexei Navalny speaks as he waits for a court hearing in a police station in Khimki outside Moscow, Russia January 18, 2021, in this still image from video obtained from social media. Courtesy of Instagram @NAVALNY/Social Media via REUTERS/Files/File Photo

मस्को, (एजेन्सी)

रसियाको कारगारमा थुनिएका विपक्षी राजनीतिक नेता एलेक्सेइ नाभाल्नीले शुक्रबार आफ्नो कारागामा आत्महत्या गर्ने कुनै योजना नरहेको सबैलाई जानकारी दिन चाहेको बताएका छन् । आफ्नो समर्थनमा हुन लागेको विरोध प्रदर्शनको क्रममा आफ्ना समर्थकहरूलाई सन्देश दिँदै उनले यो कुरा उल्लेख गरेका हुन् ।

रुसी सरकारले राष्ट्रपति भ्लादिमिर पुटिनका कटर आलोचक मानिने नाभाल्नीको समर्थनमा आयोजना हुने प्रदर्शनलाई अवैध ठहर गरेको छ । सैनिकस्तरको स्नायु प्रणालीमा असर पार्ने विषको संसर्गमा आएर विदेश पुगेका नाभाल्नीलाई आइतबार जर्मनीबाट फर्केलगत्तै मस्कोमा गिरफतार गरिएको थियो ।

४४ वर्षीय वकिल नाभाल्नीले आफूलाई विष दिएर पुटिनले हत्या गर्न खोजेको आरोप लगाउने गरेका छन् । तर, पुटिनले यस आरोपलाई ठाडै अस्वीकार गर्ने गरेका छन् । अमेरिकालगायत युरोपेली संघले नाभाल्नीको बिनाशर्त तत्काल रिहाइका लागि रुसी सरकारस“ग आग्रह गरेका थिए ।

यसैबीच, शनिबार रसियाका विभिन्न स्थानमा नाभाल्नीको समर्थनमा आयोजना भएका विरोध कार्यक्रमहरूबाट दर्जनौं प्रदर्शनकारीलाई गिरफतार गरिएको छ । यसअघि, नै सरकारले नाभाल्नी समर्थित समूहहरूलाई कोभिड–१९ संक्रमणको खतरा रहेको वर्तमान विषम परिस्थितिमा पनि भिड जम्मा गरी अपराधिक काम गर्न लागेको भन्दै आलोचना गरेको थियो ।

सरकारले सबैलाई घरभित्रै बस्न गरिएको कडा आदेश उल्लंघन गरी प्रदर्शनमा भाग लिएको भन्दै प्रहरीले पूर्वी खाबारोभ्स्क क्षेत्रमा विरोध सभामा हस्तक्षेप गरेको छ । प्रदर्शनको क्रममा नोभाल्नीका एकजना वकिल र महिला प्रवक्ता र थुप्रै समर्थकलगायत पनि पक्राउ परेका छन् ।

प्रतिक्रिया दिनुहोस्