विश्वकै सबैभन्दा सुन्दर मुहार भएकी महिलाको गुनासो



जेरुसेलम,(एजेन्सी) ।

हालै सन् २०२०का लागि वर्षको विश्वकै सबैभन्दा एक सय सुन्दर अनुहार भएका महिलाको सुचिको शिर्षस्थ स्थानमा रहन सफल १९ वर्षिया इजरायली याएल सेल्वियाले आफुले सामाजि संजालबाट घृणा पाएकोबारे खुलासा गरेकीछन् ।

मोडेल तथा अभिनेत्री उनले टिसि क्यान्डलर्सको सो वार्षिक सुचिमा सफलता पाएकी छन् । केहि वर्ष अघि एक छ वर्षिया बालिकाले सफलता हासिल गरेपछि एक्कासी यो वार्षिक प्रतियोगिता विश्वभरि भायरल भएको थियो । प्रतियोगिता जिते पनि सामाजिक संजालमा आफु विरुद्ध भएक नकारात्मक टिका टिप्पण्ीको कारण उनका ेखुशी अवरुद्ध हुन पुगेको छ ।

इन्स्टाग्राममा उनका तस्वीर र भिडियोले चार हजार भन्दा बढि प्रतिक्रिया प्राप्त गरेका थिए । उनले आफुले सफलता पाउादा विशवासै नलागेको पनि बताएकी छन् । उनले एक् सुन्दर व्यक्ति शिष्ट , दयालु तथा सकारात्मक सोचाईका धनी हुनु पर्ने विचार पोखेकीछन् ।

प्रतिक्रिया दिनुहोस्