बैतडी कोरोनामुक्त जिल्ला



बैतडी, (नेस)

कोरोनाका सक्रिय संक्रमित सबै डिस्चार्ज भएसँगै बैतडी जिल्ला तत्कालका लागि कोरोनामुक्त जिल्ला बनेको छ । १ जनामात्रै सक्रिय संक्रमित रहेकोमा उनी पनि डिस्चार्ज भएसँगै बैतडी जिल्ला तत्कालका लागि कोरोनाका सक्रिय संक्रमित शून्य जिल्ला बनेको हो ।

दशरथचन्द नगरपालिका–४ का ३५ वर्षीय पुरुष डिस्चार्ज भएसँगै तत्कालका लागि बैतडी कोरोना सक्रिय संक्रमित शून्य बनेको स्वास्थ्य कार्यालय बैतडीका कोभिड–१९ सम्पर्क व्यक्ति भुवनप्रसाद जोशीले जानकारी दिनुभयो ।

बैतडीमा हालसम्म ६ सय ३६ जनामा संक्रमण पुष्टि हुँदा २ जनाको मृत्यु भइसकेको छ । भने ६ सय ३४ जना कोरोनामुक्त भइसकेका छन् । बैतडीमा गत जेठ ९ गते कोरोना संक्रमण देखापरेको थियो ।

प्रतिक्रिया दिनुहोस्