नेपाली युवा इजरायलमा केयरगिभरमा जान पाउने



काठमाडौं, (नेस)

नेपाली युवा जनशक्तिका लागि इजरायलमा रोजगारी गर्ने बाटो खुलेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहाल र नेपालका लागि इजरायली राजदूत खनान गोडेरबीच सम्झौता भएसँगै रोजगारीको बाटो खुलेको हो ।

नेपाल र इजरायलबीच भएको ‘इजरायलको विशिष्ट श्रम बजारमा नेपाली कामदारको अस्थायी रोजगारीसम्बन्धी सम्झौता’ कार्यान्वयन गर्न बिहीबार ‘इम्प्लिमेन्टेसन प्रोटोकल’ हस्ताक्षर भएको हो । यसस“गै इजरायलमा पाँच सय नेपाली युवा केयरगिभर क्षेत्रमा रोजगारीका लागि इजरायल जाने पाउनेछन् ।

जीटुजीका माध्यमबाट नेपाली इजरायल जानेछन् । इजरायलको नर्सिङ क्षेत्र (अस्पताल, नर्सिङ होम, दिवा स्याहार केन्द्रलगायत) मा नेपालीले रोजगारीको अवसर प्राप्त गर्ने छन् ।

प्रतिक्रिया दिनुहोस्