५० वटा स्टार्ट अप कम्पनीलाई महासंघले पुँजी जुटाइदिने



नेपाल समाचारपत्र, काठमाडौं ।

नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समितिका सदस्य रन्जितराज आचार्यको सभापतित्वमा गठित स्टार्ट अप एन्ड इनोभेशन समितिले पूर्णता पाएको छ । जसअनुसार समितिको सहसभापतिमा सिद्धान्तराज पाण्डे र सुमन शाक्य रहेका छन् ।
त्यस्तै सदस्यहरूमा प्रकाशदेव पालिखे, निरज खनाल, दीपेन्द्र चौलागाई, मौसमी श्रेष्ठ, सुमना श्रेष्ठ र स्वर्णा ताम्राकार रहेका छन् ।

साथै समितिको आमन्त्रित सदस्यमा तेञ्जिङ्ग सोनर गोम्सर र कविराज जोशी छन् । समितिको सल्लाहकारमा ओम राजभण्डारी, सौरभ ज्योति र अनिल चित्रकार छन् । समितिका सभापति आचार्यको अध्यक्षतामा बसेको समितिको पहिलो बैठकले नेपालमा स्टार्टअप शुरु गरेका उद्यमी व्यवसायीका समस्या तथा चुनौतीका विषयमा छलफल गरी सरकारका तर्फबाट गर्नुपर्ने सहयोगका विषयमा सुझाव पेश गर्ने निर्णय गरेको छ ।

त्यस्तै नवीन सोचमा आधारित रहेर उद्यम गर्न चाहने ५० वटा स्टार्ट अपहरूको व्यावसायिक सफलताका लागि शुरूवाती पु“जी जुटाई दिने । शुरूवाती पुँजी स्टार्टअप समितिअन्तर्गत रहेको इन्भेष्टर फोरममार्फत जुटाइनेलगायतका निर्णय गरेको छ ।
एक कार्यक्रमका बीच महासंघका अध्यक्ष शेखर गोल्छाले समितिमा चुनिएका सदस्यलाई औपचारिक पत्र हस्तान्तरण गर्नुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष गोल्छाले नेपालको अर्थतन्त्रको महत्वपूर्ण हिस्सा साना तथा मझौला उद्यम व्यवसाय नै भएकाले यो क्षेत्रलाई कसरी माथि उठाउन सकिन्छ र कामका लागि बाहिरने युवा शक्तिलाई पर्याप्त रोजगारी सिर्जना गरी मुलुकभित्रै राख्न सकिन्छ भन्नेतर्फ महासंघको विशेष जोड रहेको स्पष्ट पार्नुभयो ।

यसैबीच महासंघको कार्यकारिणी समितिका सदस्य मनिषलाल प्रधानको सभापतित्वमा गठित निर्यात प्रवद्र्धन समिति विस्तार भएको छ । जसअनुसार समितिको सहसभापतिमा नरेशलाल श्रेष्ठ र सविन श्रेष्ठ चुनिनु भएको छ । त्यस्तै सदस्यहरूमा नेपाल अदुवा उत्पादक तथा व्यवसायी संघका सचिव हेमन्तराज बोहरा, नेपाल पश्मिना उद्योग संघका महासचिव अजयसिंह कार्की, नेपाल हस्तकला महासंघका उपाध्यक्ष सनम शाक्य, नेपाल अलैंची व्यवसायी संघका अध्यक्ष राजकुमार कार्की, नेपाल ऊनी फेल्ट उत्पादक तथा निर्यातक संघका अध्यक्ष अमृत खड्का, नेपाल गलैंचा उत्पादक तथा निकासीकर्ता संघका उपाध्यक्ष समिरविक्रम शाह चुनिनु भएको छ ।

विशेष आमन्त्रित सदस्यहरूमा बझाङ उद्योग वाणिज्य संघका अध्यक्ष दानबहादुर सुर्मेली, ललितपुर उद्योग वाणिज्य संघका कार्यकारिणी समिति सदस्य सविनलाल प्रधान, नारायणगोपाल श्रेष्ठ, गलैंचा व्यवसायी दावा शेर्पा, वीरगन्ज उद्योग वाणिज्य संघका कार्यकारिणी समिति सदस्य सुशान्त चचान, नेपाल तयारी पोशाक उद्योग संघको महासचिव अशोक अग्रवाल, महिला उद्यमी महासंघ नेपालका रुकमणिदेवी श्रेष्ठ, नेपाल रत्न तथा आभुषण संघका उपाध्यक्ष सुमन ताम्राकार हुनुहुन्छ ।

महासंघका पूर्वकार्यकारिणी समिति सदस्य राजन शर्मा, नेपाल चिया उत्पादक संघका सल्लाहकार उदय चापागाई, नेपाल हव्र्स एण्ड हर्वल संघका निवर्तमान अध्यक्ष गोविन्द घिमिरे समितिको सल्लाहकारमा चुनिनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्