सेरम इन्स्टिच्युट अफ इन्डियामा आगलागी



काठमाडौँ ।

भारतको पुणेस्थित कोरोना भाइरसविरूद्धको खोप निर्माण गरिरहेको सेरम इन्स्टिच्युट अफ इन्डियामा आगलागी भएको छ।

टर्मिनल नम्बर १ को गेट नजिकै रहेको एक भवनमा बिहीबार दिउँसो आगलागी भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उक्त आगलागी नियन्त्रणमा लिन दमकल र सुरक्षाकर्मीको टोली घटनास्थलमा पुगेको छ । आगलागीबाट भद्धएको क्षति विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्