यही हो राजनीतिक संस्कार ? : करिश्मा मानन्धर



कुनै समयमा डा. बाबुराम भट्टराई नेतृत्वको पार्टीको नेतृ रहेकी अभिनेत्री तथा निर्मात्री करिश्मा मानन्धरले उनै बाबुरामको अभिव्यक्तिप्रति तीखो टिप्पणी गरेकी छिन्। ‘ओली प्रतिगमनविरूद्ध आज (माघ ७ गते) सबै जिल्लामा हुने जसपाको जनसभामा सहभागी बनौं। म कैलालीको टीकापुरमा हुने जनसभामा सहभागी हुनेछु’ –डा. भट्टराईले सामाजिक सञ्जालमार्पmत प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार विघटन गरेपछि त्यसको विरोधमा उत्रिने क्रममा बुधबार आयोजित सभाका लागि आह्वान गरेपछि करिश्माले टिप्पणी गरेकी हुन्।

करिश्माले पनि सामाजिक सञ्जालमार्पmत नै डा. भट्टराईको आह्वानप्रति टिप्पणी गरेकी हुन्। ‘तपाईं जस्तो पढे लेखेको, राजनीति गर्ने मानिसको ऊर्जा अर्को पार्टीको विरोधमा मात्रै सीमित भएको देखेर दुःख लाग्छ डा. साब। यही हो नेपालीले पाएको गणतन्त्र? यही हो राजनीतिक संस्कार? देशको विकास कहिले हुने?’ –करिश्माले फेसबुकमा स्ट्याटस लेख्दै टिप्पणी गरेकी छिन्। उनको यो तीखो र कडा टिप्पणीप्रति सकारात्मक र नकारात्मक दुवैखाले प्रतिक्रिया देखिएका छन्। ‘करिश्मा मानन्धर, पढ्यो पढ्यो सोह्र दुना आठ?

बाबुरामको नयाँ शक्तिकी पूर्वअभियान्तालाई राजा चाहियो रे? आप्mनै घरको राजालाई चैं लात हान्ने अनि मरेको राजतन्त्र र राजा चाहिने? हिम्मत भए फिर्ता बोलाउन सक्ने जनअधिकारसहितको प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति भन्नु नि।’ –लेनिन गुरुङको प्रतिक्रिया छ। निर्मात्री कविता श्रेष्ठले भने करिश्माको टिप्पणीप्रति सही थापेकी छिन्। लेखेकी छिन्– ‘करिश्माजीले सही कुरा गर्नुभयो। केपी ओलीले जे गर्नुभयो, एकदम ठीक गर्नुभयो। अब नेपाली जनताहरुले यो फटाहा नेताहरुलाई जेल हालेको हेर्न चाहिरहेको छ।’

कलाकार अग्रज केसीले भने करिश्मालाई नै आरोप लगाएका छन्। प्रतिक्रिया जनाउँदै फेसबुकमा लेखेका छन्– ‘करिश्मादी, पहिले के कुरा हो, किन हो बुझ्नुहोस्।’ यो आन्दोलन संविधान मिचुवा ओलीको प्रतिगमनका विरुद्ध हो। कुनै पार्टीका विरुद्ध होइन। तपाईंलाई तपाईंको हैसियतभन्दा ठूलो प्लेटफर्म दिएका हुन्, कदर गरेका हुन् बाबुरामले। जसको सही र जनपक्षीय उपयोग गर्न सक्नुभएन र उही राजनैतिकरूपमा फेरीि स्वार्थी देखिनुभयो।’ –उनले लेखेका छन्।

लव प्याकुरेलले भने करिश्माको टिप्पणीलाई सही मान्दै लेखेका छन्– ‘हो, जो अगुवा उही बाटो …..को ज्वलन्त उदाहरण बनेका छन् डाक्टरसाप। उनले आजसम्मको आन्दोलन र अभियानहरुमार्फत प्राप्त गरेको सकारात्मक परिणामबारे बताउन्। हिजो, आज र भोलि एकै हुन् भने किन जनता–जनताबीच लडाउने?’

उता अनिश थापा लेख्छन्– ‘बुझेर अध्ययन गरेर राजनीति गरेको भए पो संविधान संकटमा परेको कुरा बुझ्नु, छातीको ट्याटु देखाएर राजनीतिमा आएकाहरुलाई संविधान भनेकै कुन चरो नाम थाहा छैन होला।’ प्रतिक्रियाको ओइरो लागेपछि करिश्माले अर्को स्ट्याटसमा लेखेकी छिन्– ‘धेरै कमेन्ट हेरें, यो कामै छैन। पार्टी सिस्टम काम छैन। दुई विचार काम छ। राजा राख्ने। दुई विचारले नेपाल चलाउने?’ यो स्टयाटसमा पनि करिश्माले ताली र गाली दुवै पाएकी छिन्।

‘पारस शाहलाई राजा बनाए तपाईंको मागको पनि परिपूर्ति हुन्थ्यो। नभए राजाको छोराचाहिँ लुलो–लाटो जे भएनि राजा मानिदिनुपर्ने? जनताको छोरासँग क्षमता छ भने यो देशको कार्यकारी किन नहुने?’ –अनिश तामाङले प्रतिक्रिया जनाएका छन्। उनको प्रतिक्रियामा पुष्पा सुवेदीले लेखेकी छिन्– ‘प्रचण्डको छोराछोरीको कुरा गर, जनता होइन। तिमीहरू जस्तोले जनताको कुरा गरेको सुहाउँदैन। पारस शाह कस्तो व्यक्ति हुन्, नेताका झोलेलाई होइन, जनतालाई राम्रोसँग थाहा छ। जनताको छोराछोरीलाई लुलो बनाउने अपांग बनाउने म्याउवादीहरूले फेरि यस्तो कुरा गर्छन्।’

अभिनेत्री मानन्धर डा. भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीमा आबद्ध भएकी थिइन्। उक्त पार्टी निर्माणका लागि करिश्माले योगदान गरेकी थिइन्। सो पार्टीबाट समानुपातिक उम्मेदवार बनी पार्टीका लागि भोट माग्न जिल्ला–जिल्लासमेत पुगेकी थिइन्। भट्टराईको नयाँ शक्तिले करिश्माको लोकप्रियतालाई भजाउने प्रयास गरेको थियो। नयाँ शक्ति पार्टी समाजवादी पार्टीमा विलय भएको थियो। त्यस क्रममा ‘स्पेस’ नदिइएपछि करिश्मा चित्त दुखाउ“दै अलग भएकी थिइन्। पार्टी सिस्ट्म काम छैन, दुई विचार काम छ। राजा राख्ने, दुई विचार ले नेपाल चलाउने।

प्रतिक्रिया दिनुहोस्