प्रतिनिधिसभासम्बन्धी बहस जारी



काठमाडौं, (नेस)

प्रतिनिधिसभा विघटनसम्बन्धी विवादमा बुधबार पनि सर्वोच्च अदालतमा बहस जारी रह्यो । बहसमा वरिष्ठ अधिवक्ता डा. चन्द्रकान्त ज्ञवालीले संविधानको धारा ७६ को उपधारा (१) र (२) को सरकारले प्रतिनिधिसभा विघटन गर्नै नसक्ने बताउनुभएको थियो ।

विगतमा प्रतिनिधिसभा विघटन भइरहको अवस्थालाई हेरेर नै त्यसलाई रोक लगाउन हालको संविधानमा त्यस्तो व्यवस्थालाई हटाइएको वरिष्ठ अधिवक्ता डा. ज्ञवालीको भनाइ रहेको छ । प्रधानमन्त्रीले भनेझैं दुई तिहाइ चाहिने अवस्था आएर प्रतिनिधिसभा विघटन गर्न नपाइने ज्ञवालीको धारणा रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्