आज थप ३१८ जनामा कोरोना संक्रमण पुष्टि ,संक्रमणमुक्त हुनेको संख्या ३८३



काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ३१८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५०१२ जनाको परीक्षणमा २०६ पुरुष र ११२ महिला गरी ३१८ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ लाख ६८ हजार ३१० पुगेको छ । यीमध्ये २ लाख ६२ हजार ६४२ जना निको भएका छन् भने ३ हजार ६९३ जना आइसोलसनमा छन् । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण ६ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा संक्रमणमुक्त हुनेको संख्या ३८३ जना रहेको छ ।

काठमाडौंमा पछिल्लो २४ घण्टामा १४५ जना संक्रमित भेटिएका छन् । देशभर कोरोना संक्रमणको उपचारका लागि आईसीयूमा १६५ जना र भेन्टिलेटरमा ३३ जना रहेका छन् ।

कोरोना भाइरस संक्रमणबाट हालसम्म १९७५ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्