गणतन्त्रमाथि पारसकी छोरी कृतिकाको व्यंग्य



काठमाडाैं । देशमा पार्टीहरुबीच सत्ताको लागि खिचातानी र रस्साकस्सीको फोहोरी खेल, देशमा गणतन्त्र र संघियता आए पनि सामान्य नागरिकको जीवन र दैनिकीमा कुनै पनि उल्लेखनिय परिवर्तन हुन नसकेको अवस्थामा जनताहरु बहुदल र अहिलेका पार्टीहरुको व्यवहारप्रति निराश भएका छन् ।

यस्तै निराश झल्किने मन्तव्य पारसकी छोरी कृतिका शाहले “बैगुणी रहेछौ गणतन्त्र जनतालाई ठूलो सपना देखाउने, थाहा नपाई जनतालाई कङ्गाल बनाएर देश लुट्ने” भनी ट्वीटरमा स्ट्याटस राखेकी छिन् । हुन पनि अहिले नेताहरु जनताको बारेमा सोच्ने, जनतलाई के गर्दा सजिलो हुन्छ भन्ने कुरामा दिमाग खियाउनु भन्दा आपसी खिचातानी र पैसा कमाउनमा मग्न रहेको अवस्थामा कृतिकाको स्ट्याटस सान्दर्भिक देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्