कोरोनाका कारण एकैदिनमा १ हजार ६१० को मृत्यु : पब्लिक हेल्थ इङ्गल्याण्ड



सञ्जयभक्त कँडेल, बेलायत ।

कोभिड १९ का कारण १९ जनवरी २०२१ का दिन १ हजार ६१० जना मानिसले यूकेमा ज्यान गुमाएका छन । यो मृत्युदर यूकेमा आज सम्मकै उच्च हो । ८ अप्रिल २०२० मा १ हजार ७३ को संख्यामा भएको मृत्यु नै कोभिडका कारण धेरै ज्यान गुमाउने खराब दिन बनेको थियो ।

सन २०२१ जनवरीकै केहि दिनहरु जस्तै ११ जनवरीमा १०६४ , १२ जनवरीमा १०५२ , १३ जनवरीमा १०१८ र १४ जनवरी २०२१ मा एक हजार  मान्छेले यूकेमा कोभिड १९ का कारण ज्यान गुमाएका थिए ।

कोभिड १९ का कारण मृत्यु हुनेको संख्यामा भारी सुधार हुदै १८ जनवरी २०२१ , सोमबार मृत्यु हुनेको संख्या ५९९ मा झरेको थियो । तर १९ जनवरी २०२१ मंगलवार अचानक सोमबारको भन्दा झण्डै तिन गुणाले बढेर अर्थात १ हजार ६१० मानिसले कारोनाकै कारणले ज्यान गुमाउन पुगेका छन ।

कोभिड-१९ को पहिलो डोज भ्याक्सिन लिनेहरुको संख्या युकेमा ४२  लाख ६६ हजार ५७७ पुगेको छ । व्रिटेनको स्वास्थ सेवा र ७० वर्ष भन्दा माथिका वृद्धवृदालाई प्राथमिकतामा राखेर भ्याक्सिनको वितरणलाई सहज बनाईएको छ तर भ्याक्सिन सत प्रतिशत सुरक्षित भने नरहेको राष्ट्रिय स्वास्थ सेवा विभागले सूचित पनि गरेको छ ।

राष्ट्रिय तथ्याङ्क विभाग यूके र पब्लिक हेल्थ इङ्गल्याण्डका अनुसार हालसम्म ५४ लाख मानिसहरु कोभिड पोजेटिभ देखिएका छन भने प्रत्येक आठ जना इङ्गल्याण्डमा वसोवास गर्ने मानिसमा १ जनालाई अनुपातमा कोभिड- १९ पोजेटिभ भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्