ओलीले आफूलाई कामचलाउ प्रधानमन्त्री भन्नुपर्छ, नभए राजीनामा दिनुपर्छ : अध्यक्ष नेपाल



न्युज अफ नेपाल, काठमाडौं ।

नेपाल कम्युनिष्ट पार्टी दाहाल नेपाल पक्षका अध्यक्ष माधव नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाइृ काम चलाउ प्रधानमन्त्री भन्नुपर्ने नभए दप छोड्नुपर्ने  बताएका छन् ।  मंगलबार आफू निकट पत्रकारहरुको भेलालाई सम्त्रोधन गर्दैै उनले यस्तो बताएका हुन् ।  उनले भने,  ‘आफैंले संसद विघटन गरेपछि संसद रहेन, संसद नरहेपछि प्रधानमन्त्री पनि रहँदैन । त्यसैले उहाँले कि पद छोड्नुपर्छ कि कामचलाउ भएको स्वीकार्नुपर्छ ।’

उनले ओली जालसाजी गर्न माहिर नेता भएकाले उनले यसो नगर्ने बताए ।।  ‘तर, केपी ओलीले पद छाड्दैनन्, हिक्कहिक्क भइञ्जेल बसिराख्छन्, यो पदको लोलुपता हो’, नेपालले थपे ।  नेता नेपालले ओलीले आफू र प्रचण्डलाई भर्याङ मात्रै बनाएको पनि बताए ।  नेपालले भनेका छन्, ‘मैले प्रधानमन्त्रीमा कस्तो मान्छेलाई प्रस्ताव गरेँ भन्ने लागि रहेको छ ।’ उनले आरिजिनल एमाले आफूहरु नै भएको पनि बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्