बेलायती प्रम जोहन्सनद्वारा खोप कार्यक्रमको प्रशंसा



लन्डन, (एजेन्सी)

बेलायतका ७०र सोभन्दा माथिल्लो उमेरका व्यक्तिमा स्वास्थ्य स्थिति निकै नाजुक रहेको भनी चिकित्सकीय सूचीमा परेका मानिसहरूलाई यसै साता कोरोना भाइरसविरुद्ध खोप दिइन शुरू गरिएको छ । बेलायती प्रधानमन्त्री बोरिस जोहन्सनले यो कदम मुलुकको खोप कार्यक्रमको ‘महत्वपूर्ण कोसेढुंगा’ साबित भएको बताएका छन् ।

प्राथमिकता समूह तीन र चारमा परेका ५० लाखभन्दा बढी यस्ता मानिसलाई सोमबारदेखि खोप लगाउन आउन सरकारले आमन्त्रण गरेको छ । बेलायतभरि १० वटा नयाँ सामूहिक खोप क्षेत्र खोलिएपछि यस कार्यक्रमलाई सुचारु ग्रिएको हो । अझै अज्ञात अवस्थामा रहेको कोभिड–१९ को नयाँ विकसित रूपको चपेटालाई मध्यनजर राख्दै बेलायतले कम्तिमा आगामी १५ फेब्रुअरीसम्म आफ्ना भ्रमणका द्वारहरू नखोल्ने निर्णय गरेको छ । बेलायतभरि खोपको पहिलो डोज लिनेको संख्या बढेर ३८ लाख पुगेपछि खोप कार्यक्रलाई विस्तार गरिएको हो । जबकि, कोभिड महामारी शुरू भएयता अहिलेसम्म त्यहाँ कोरोना पोजेटिभ हुनेको संख्या ३४ लाख रहेको छ ।

स्वास्थ्य तथा सामाजिक स्याहार विभागले प्रमुख दोश्रो स्थानमा रहेका समूह केयर होममा रहँदै आएका ५० वर्ष उमेरका वृद्धवृद्धा तथा अग्रमोर्चामा रहेर कोरोनाविरुद्ध संघर्ष र सेवारत स्वास्थ्यकर्मीहरूलाई खोपको प्राथमिकतामा राख्नु बाँकि नै रहेको जनाएको छ ।

शनिबारसम्ममा थप २ लाख ९८ हजार ८७ जना व्यक्तिलाई खोपको पहिलो डोज दिइएको बताइएको छ । यसैगरी, स्वास्थ्यमन्त्री म्याट ह्वान्कोकले अहिलेसम्म ८० वर्ष र सोभन्दा माथिल्लो उमेरमध्ये कम्तिमा ५० प्रतिशतलाई खोपको पहिलो डोज दिइसकेको जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्