कंगनामाथि चोरीको आरोप



बलिउड अभिनेत्री कंगना रनवतलाई चोरीको आरोप लागेको छ। कंगनामाथि हालै उनले मकर संक्रान्तिको अवसरमा घोषणा गरेको फिल्म मणिकार्णीका रिटन्र्स : द लिजेन्ड अफ द्धिदा का लागि द्धिदा : द वारियर क्विन अफ कस्मिर नामक किताबको कथा चोरेको आरोप लागेको हो। कथा चोरेको आरोप लागेपछि उनको नयाँ फिल्म घोषणाको केही घण्टामै विवादमा फसेको छ।

कंगानाले निर्माता कमल जैनका साथ बनाउन लागेको उक्त फिल्मको कहानी आफ्नो किताब द्धिदा द वारियर क्विन अफ कस्मिरको कहानीबाट चोरिएको भन्दै द्धिदाका बायोग्राफी लेखक आशिष कौलले कंगनामाथि आरोप लगाएका हुन्।

नवभारत टाइम्सका अनुसार कमलले स्क्रिप्टको शैलीमा लेखिएको उक्त किताबमाथि आफूले फिल्म बनाउने सोच गरिरहेको समयमा कंगनाले आफ्नो किताबको कहानी चोरेर फिल्मको घोषणा गरेको आरोप लगाएका हुन्।

फिल्मका निर्मातामध्येका कमल जैनले भने आफूले लेखक आशिष र उनको किताबको कहानीका बारेमा केही नजान्ने भन्दै सन् १९५० भन्दा अगाडिको कहानीमाथि कपिराइट्स नलाग्ने बताएका छन्।

प्रतिक्रिया दिनुहोस्