बनेपा हेल्थ केयरमा रेडियोलोजिद्वारा सेवा शुरु



मोतीराम तिमल्सिना, काभ्रे । शुलभ शुल्कमा गुणस्तरीय तथा प्रभावकारी स्वास्थ्य सेवा दिदै आएको बनेपा हेल्थ केयरले नियमित रुपमा रेडियोलोजिस्ट द्वारा सेवा शुरु गरेको छ ।

काभ्रे र आसपासका जिल्लाहरुका विरामीहरुलाई विशेषज्ञ सेवा दिदै आएको बनेपा हेल्थ केयरले माघ महिना देखि वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनुपम भण्डारीबाट हप्तामा सातै दिन सेवा दिइरहेको छ । वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनुपम भण्डारीद्वारा भिडियो एक्स रे को माध्यमबाट गर्भमा रहेको बच्चाको विकास एनोमेली स्क्यान (Anomaly Scan)  समेत बनेपा हेल्थ केयरमा हुने छ ।

सो स्क्यानले गर्भमा रहेको बच्चाको विकासको बारेमा प्रष्ट रुपमा हेरिन्छ । बच्चाको हात, गोडा कस्तो रुपले बढिरहेको छ, बच्चाको भित्री अंगको बिकास कस्तो रुपमा छ भन्ने थाहा हुने डा भण्डारीले बताउनु भयो । त्यस्तै बनेपा हेल्थ केयरमा बिरामिहरुको हात गोडाको नसाहरुको जाँचको साथै महिलाहरुको स्तनमा भएको गिर्खाहरुको जाँच, थाइराइडको जाँच, हाइड्रोसिलको जाँच, हर्नियाको जाँच गरिरहेको प्रवन्धक जितेन्द्र थापाले जानकारी दिनुभयो ।

वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनुपम भण्डारीको बनेपा हेल्थ केयरमा आगमनले हामी धेरै नै उस्साहित भएका छौं । पेट छाती तथा जोर्निमा जमेको पानी तथा पिप भिडियो एक्स रे को माध्यमबाट हेर्दै शरिरलाइ हानी गर्ने पदार्थहरु निकालेर उपचार गर्नेछौं’– बनेपा हेल्थ केयरका प्रबन्ध निर्देशक जितेन्द्र थापाले बताउनुभयो । उक्त सेवाबाट विरामीहरुलाइ सहज हुने हेल्थ केयरले विश्वास गरेको थापाले बताउनु भयो । एनोमेलि स्क्यान, डोपलर स्क्यान गर्न लामो समय कुर्नुपर्ने, काठमाडौं सम्म जानुपर्ने बाध्यता उक्त सेवाका कारण हट्ने छ । बनेपा हेल्थ केयरमा अन्य थप सेवाहरु बढाउदै लैजानले थापाले बताए ।

प्रतिक्रिया दिनुहोस्