अस्ट्रेलियालाई ३ सय ७ रनको अग्रता



ब्रिसबेन, एजेन्सी ।

भारत र अस्ट्रेलियाबीच भइरहेको ब्रिस्बेन टेस्टको दोस्रो दिन वर्षाका कारण चिया समयपछि खेल हुन नसक्दा अस्ट्रेलियालाई ३ सय ७ रनको अग्रता मिलेको छ । दोस्रो दिनको खेल समाप्तिसम्म भारतले २ विकेटको क्षतिमा ६२ रन बनाएको थियो । क्रिजमा चेतेश्वर पुजारा ८ रनमा र आजिन्क्य रहाणे २ रनमा नटआउट रहेका छन् ।

ओपनर शुभमन गिल ७ रनमा र अर्का ओपनर रोहित शर्मा ४४ रनमा आउट भएका थिए । नाथान लायन र पेट कमिन्सले १/१ विकेट लिएका छन् । यसअघि, अस्टे«लियाले पहिलो इनिङमा ३ सय ६९ रन बनाएको थियो । अस्ट्रेलियाका लागि मार्नस लाबुसेनले १ सय ८ रनको शतकीय इनिङ खेलेका थिए ।

यस्तै, टिम पेनले ५० रन, केमरन ग्रिनले ४७ रन र म्याथ्यु वेडले ४५ रन बनाएका थिए । भारतीय बलरमा टी नटराजन, शार्दूल ठाकुर र वासिंगटन सुन्दरले ३/३ विकेट लिएका थिए । सिरिज १–१ बराबरीमा रहेको हु“दा यो टेस्ट दुवै टिमका लागि सिरिज जित्ने मौका छ ।

प्रतिक्रिया दिनुहोस्