भिडियोमा आयो न्याय मरेको देश



गायिका शान्तिश्री परियारको स्वर रहेको गीत न्याय मरेको देश सार्वजनिक भएको छ। बिना श्रेष्ठको निर्देशनमा बनेको भिडियो ख्यातिप्राप्त हास्य अभिनेता मदनकृष्ण श्रेष्ठको प्रमुख आतिथ्यतामा हालै राजधानीमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरिएको हो।

सार्वजनिक गीतको म्युजिक भिडियोले नारीमाथि भएका बलात्कार, एसिड काण्ड र छाउसम्बन्धी कथा बोल्छ। राजेश पौडेलको शब्द रचना रहेको गीतमा दिनेश मुस्कानको संगीत रहेको छ। रश्मी शाक्यले निर्माण गरेको म्युजिक भिडियोमा उत्तम हुमागाईंको छायांकन र अनिलकुमार महर्जनको सम्पादन रहेको छ।

भिडियोमा लक्ष्मी बर्देवा, सुशील पोखरेल, साक्षी लम्साल, पुजन घिमिरे, वासु शाही, अनिता पौडेललगायतले अभिनय गरेका छन्।। न्याय मरेको देशमा गीतअनुसार आफूले भिडियो निर्माणमा निकै नै मेहनत गरेको निर्देशक श्रेष्ठले बताइन्।

प्रतिक्रिया दिनुहोस्