सचेतना कार्यक्रम सञ्चालन



काठमाडौं, (नेस)

नेपाली सेनाको देवीदल गणले कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा बसोबास गर्ने स्थानीय बासिन्दालाई प्रकृति संरक्षण तथा पर्यावरण संरक्षणसम्बन्धी विविध विषयमा सचेतनामूलक कक्षा सञ्चालन गरेको छ ।

शुक्लाफाँटा उपभोक्ता समितिको सभा हलमा सञ्चालन भएको उक्त कार्यक्रममा उपभोक्ता समितिका पदाधिकारी, मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष, सीबीएपीयूका अध्यक्ष तथा सदस्यहरु, सामाजिक विकास सेवा केन्द्र नेपालका सचिव, जनसरोकार युवा मञ्चका अध्यक्ष, बीजेडएमसी कार्यालयका अधिकृत, आदिवासी महिला समूहका सदस्यहरु तथा स्थानीय बासिन्दाको सहभागिता रहेको थियो ।

यस प्रकारका सचेतनामूलक कार्यक्रमहरुले मध्यवर्ती क्षेत्रमा बसोबास गर्ने स्थानीय बासिन्दाहरु तथा निकुञ्ज सुरक्षार्थ तैनाथ युनिटहरुबीच आपसी विश्वास एवं सम्बन्ध बलियो भई निकुञ्जभित्र चोरी निकासीमा कमी आउने विश्वास नेपाली सेनाले लिएको छ ।

प्रतिक्रिया दिनुहोस्