ललितपुर चेम्बर अफ कमर्सद्वारा दबूलाई सम्मान



ललितपुर, (नेस)

ललितपुर चेम्बर अफ कमर्सले नेवाः पत्रकार राष्ट्रिय दबूलाई सम्मान गरेको छ ।चेम्बर अफ कमर्सको पहिलो वार्षिक साधारणसभाको अवसरमा शनिबार नेवाः पत्रकार राष्ट्रिय दबूलाई संस्थागतरुपमा सो कदरपत्र प्रदान गरिएको हो ।

सो अवसरमा नेपाल चेम्बर कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले पत्रकार राष्ट्रिय दबूका महासचिव सुनील महर्जनलाई खादा र अर्थमन्त्री विष्णु पौडेलले कदर पत्र प्रदान गर्नुभयो । महासचिव नेपाल समाचारपत्र राष्ट्रिय दैनिकका सहायक सम्पादकसमेत हुनुहुन्छ ।

सो अवसरमा सञ्चार क्षेत्रबाट कमर्स स्थापना र त्यसले उठाएका आर्थिक समृद्धि, व्यवसायीहरुको समस्या र हकहितको पक्षमा सञ्चार क्षेत्रबाट महत्वपूर्ण योगदान पु-याएकोमा नेपाल मण्डल टेलिभिजन, उज्यालो एफएम नेटवर्क र अनलाइन पत्रिकालाई कदर पत्र प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्