ओली निकट अगुवा कार्यकता भेला आज काठमाडौंमा, प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने



न्युज अफ नेपाल, काठमाडौं ।

नेकपा ओली समूहका अगुवा कार्यकर्ताको भेला काठमाडौंमा हुने भएको छ । शनिबार दिउँसो २ तिनकुनेस्थित बैंक्वेटमा हुने प्रदेश १ का अगुवा कार्यकर्तालाई प्रधानमन्त्री केपी ओलीले सम्बोधन गर्ने भएका छन् ।

यसअघि प्रचण्ड माधव नेपाल समूहले प्रदेश १ का कार्यकर्तासंग गरेको छलफलमा भएका भ्रम चिर्न भेला आयोजना गरेको बताईएको छ । साथै उक्त कार्यक्रममा चुनाव लक्षित प्रशिक्षण पनि प्रधानमन्त्री ओलीले दिने जनाईएको छ ।

सरकारले पुष ५ गते प्रतिनिधिसभा विघटन गरेसंगै नेकपा दुई कित्तामा विभाजन भएको छ । यसरी विभाजित नेकपाका स्थानीयस्तरमा नै कार्यकर्तामा कित्ताकाट पनि भईसकेको छ ।

प्रतिक्रिया दिनुहोस्