गल्याङमा चोरको बिगबिगी, सचेत रहन वडा कार्यलयको अनुरोध



भूपराज बस्याल, स्याङ्जा ।

गल्याङ नगरपालिकाको वडा नम्बर ९ भित्र चोरको बिगबिगी बढेको भन्दै सबैलाई सचेत रहन वडा कार्यलयले अनुरोध गरेको छ ।चार दिनमा मात्रै वडाका दश घरमा चोरी भएको हुँदा वडावासी सबै सचेत रहन आग्रह गर्दै सूचना समेत जारी गरेको वडा अध्यक्ष हरि खनालले जानकारी दिनुभयो ।

वडाले एक सूचना जारी गर्दै गाउँमा प्रेसर कुकर बनाउने , कपडा बेच्ने, ग्यास चुलो बनाउने, आयुर्वेद औसधि बेच्ने नाउँमा गाउँ परेका नयाँ ब्याक्तीहरुबाट यस्तो घटना बढ्दै गएको अनुमान गरेको छ । त्यसरी गाउँ आएका ब्यक्तिमा सङ्का लागेमा तुरुन्त वडा कार्यलय वा प्रहरी चौकिलाइ खबर गर्न भनिएको छ ।

अनेक बहानामा आएका ब्यक्तिहरुले घर परिवारका सदस्यहरुलाई लठ्ठ हुने बस्तु सुगाएर लुटपाट गर्ने गरेका घटना बाहिरिएको हुँदा वडा कार्यलयले सूचनानै निकालेर सबैलाई सतर्क हुन आग्रह गरेको हो ।

प्रतिक्रिया दिनुहोस्