लक्ष्मी बैंकको चुक्ता पुँजी १० अर्ब ६९ करोड



काठमाडौं, (नेस)

लक्ष्मी बैंकको २०औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारण सभाले बैंकको चुक्ता पुँजीको ९ प्रतिशत बोनस शेयर र २ दशमलव ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । पारित बोनस शेयरसँगै बैंकको चुक्ता पुँजी १० अर्ब ६९ करोड पुगेको छ ।

बैंकले आव २०७६/७७ मा १ सय दशमलव ७६ अर्ब निक्षेप र ८९ दशमलव ८९ अर्ब कर्जा पु-याएको छ भने बैंकको वासलातको आकार १२८ अर्ब रहेको छ । सो आवमा बैंकले १ अर्ब ४१ करोड रुपियाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ ।

सन् २००२ मा स्थापना भएको लक्ष्मी बैंकले रिटेल, कर्पोरेट तथा ट्रेजरी जस्ता सम्पूर्ण वित्तीय सेवाको क्षेत्रमा सेवा पु-याउँदै आएको छ । त्यस्तै लक्ष्मी बैंकको इन्भेष्टमेन्ट बैंकिङ सेवा प्रदान गर्ने सहायक कम्पनी ‘लक्ष्मी क्यापिटल मार्केट सन् २००९ देखि सञ्चालनमा रहेको छ ।

यसैगरी देस्रो सहायक कम्पनी ‘लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेड’ ले सन् २०१२ बाट कारोबार शुरु गरी लघुवित्त सेवा प्रवाह गरिरहेको छ । बैंकले लक्ष्मी भ्यालु फण्ड १, लक्ष्मी इक्विटि फण्ड तथा लक्ष्मी उन्नति कोष नामक म्युचुअल फण्डसमेत जारी गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्