शेयर बजारमा दैनिक नयाँ रेकर्ड



काठमाडौं, (नेस)

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकले वृद्धि भएर दैनिक नयाँ रेकर्ड कायम गर्ने क्रममा बुधबार १८ दशमलव ८१ अंकले बढेर २२८६ दशमलव ५५ बिन्दुमा पुगेको छ । कुल २०७ वटा कम्पनीको १ करोड ३२ लाखभन्दा बढी कित्ता शेयर ५ अर्ब ९१ करोड ४३ लाख रुपियाँमा खरिद बिक्री भएको छ । यस दिन कारोबारमा आएकामध्ये १२९ वटा कम्पनीको शेयरमँल्य बढेको छ भने ३८ वटाको शेयर मूल्य घटेको छ। साथै ८ वटा कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।

यस दिन नेप्सेमा कारोबार भएका १२ समूहमध्ये १० समँहको परिसूचक घटेको छ भने बाँकी सबैको बढेको छ । त्यस्तै १२ वटा कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।

यस दिन कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ भने आरम्भ चौतारी, फस्र्ट माइक्रोफाइनान्स, इन्फिनिटि लघुवित्त, नारायणी डेभलपमेन्ट बैंकलगायतका कम्पनीको शेयरमूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ। त्यस्तै मल्टिपर्पस फाइनान्स, महिला सहयात्रा माइक्रोफाइनान्स, नेपाल एसबीआई बैंक, सिभिल बैंकलगायतका कम्पनीका लगानीकर्ताले भने गुमाएका छन्।

बुधबारको कारोबारमा नेपाल टेलिकमको सबैभन्दा धेरै २६ करोड ५५ लाख रुपियाँको शेयर किनबेच भएको छ । त्यस्तै नेपाल पुनर्बीमा कम्पनीको २० करोड ७२ लाख, अपर तामाकोशीको १८ करोड ४९ लाख, शिवम् सिमेन्टको १६ करोड ३६ लाख र एनआईसी एसिया बैंकको १५ करोड ९३ लाख रुपियाँभन्दा बढीको शेयर कारोबार भएको छ।

प्रतिक्रिया दिनुहोस्