सूर्योदय र डाफोडिल प्रि–क्वार्टरफाइनलमा



काठमाडौं, (नेस)

आयोजक सूर्योदय ‘बी’ र डाफोडिल प्रथम पीएचसीए खुला एसईई थ्री अन थ्री बास्केटबल प्रतियोगिताको ब्वाइजतर्फ बिहीबार प्रि–क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । सूर्योदय समूह ‘एच’ को उपविजेता तथा डाफोडिल सोही समूहको विजेताका हैसियतले प्रि–क्वार्टरफाइनलमा प्रवेश गरेका हुन् ।

घट्टेकुलोस्थित घरेलु कोर्टमा सूर्योदय ‘बी’ ले विल्सन एकेडेमीलाई ८–६ ले पराजित ग¥यो । डाफोडिलले सूर्योदय ‘बी’ लाई १२–७ तथा विल्सनलाई १६–१० ले हरायो । ब्वाइजमै मिलनको ‘ए’, ‘बी’ र ‘डि’, टिम चन्दन, एटम, भीएस कलेज ‘ए’, रोशन, मनासलु, क्याम्पियन, विनय पुरी, ग्रामर, टीआईए, टिम रावत र ओमेगा प्रि–क्वार्टरफाइनलमा पुगेका छन् ।

गल्र्समा भीएस कलेज ‘बी’ ले सेमिफाइनलमा स्थान सुरक्षित ग¥यो । गल्र्समै सूर्योदय, साइपाल, लिम्पिया, भीएस कलेज ‘ए’, बुद्ध प्रकाश र हिमालयले क्वार्टरफाइनलमा स्थान बनाए ।

प्रतिक्रिया दिनुहोस्