वेलनेस टिम सामाजिक सेवा समर्पित हुदै



 

काठमाडौ । विभिन्न सामाजिक सेवामा समर्पित हुदै आएको वेलनेस टिमले बाग्लुङको ताराखोला गाउंपालिकामा प्राथमिक उपचारकालागि आवश्यक पर्ने फष्ट एड किट बक्स बितरण शुरु गरेको छ ।
सो गाउंपालिकामा रहेको २हजार २ सय घर धुरीमा उक्त किट बक्स बितरण गर्ने योजना सहित अभियान शुरु गरेको टिमकी अध्यक्ष नितु खड्काले जानकारी दिनुभयो ।
कोरोना संक्रमणका कारण समाज आतंकित बनिरहेको बेला सो अभियानले कोरोना संक्रमणबाट बच्ने उपायका बारेमा गाउ गाउंमा चेतना फैलाउनुका साथै किट बितरण अभियानलाई समेत तीव्रता दिएको अध्यक्ष खड्काले बताउनुभयो ।
उक्त किट बितरण सहित घरमा नै कसरी प्राथमिक उपचार गर्ने भन्ने बिषयमा समेत स्थानीयलाई तालिम दिइएको पनि उहांले बताउनुभयो ।
बागलुङमा रहेको कोभिड अस्पतालमा स्टाफ नर्सको रुपमा कार्यरत रहनु भएकी खड्काले आफुले पाउदै आएको ७० प्रतिशत रकमबाट उक्त बक्स खरिद गरेर स्थानीय २ हजार २ सय घरमा नै बितरण गर्ने योजना बनाएको उहांले बताउनुभयो ।
नमुना गाउंपालिका बनाउने योजनामा रहनु भएकी खड्काले बिभिन्न सामाजिक संस्थालाई समेत यो अभियानमा सहभागी हुन आग्रह गर्नु भएको छ ।
आफुले शुरु गरेको यो अभियान अन्य ठाउंमा पनि लागू भएको सुन्न चाहेको खड्काले बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्