सत्तारुढ राष्ट्रपतिलाई युवा पप स्टारको चुनौती



कम्पाला, (एजेन्सी)

युगान्डाको राष्ट्रपतीय चुनावमा अफ्रिकाकै सबैभन्दा लामो समय सत्तामा रहेका नेताहरु मध्ये एकलाई एकजना ३८ बर्षीय पप स्टारले चुनौती दिइरहेका छन् । स्टेज नेम बोबी वाइन रहेका रोवर्ट क्यागुलान्यीले मुलुककै नयाँ पिँढीको प्रतिनिधित्व गर्दैछन् । यसैगरी ७६ बर्षीय नेता योवेरी मुसेभेनीले आफु देशको स्थिरताका लागि उमेदवार बनेको बताएका छन् ।

गम्भीर हिंसातमक घटनाहरुले चुनाव प्रचारप्रसार अभियानलाई अवरोध गरिरहेको छ । यस्ता घटनामा अहिलेसम्म दर्जनौं मानिसको ज्यान गइसकेको छ । सरकारले अहिले सामाजिक संजालमाथि प्रतिवन्ध लगाएको छ । राष्ट्रपति मुसेभेनीले फेसबुकले आफ्नो सत्तारुढ पार्टीलाई समर्थन गर्ने थुप्रै एकाउन्ट बन्द गरेकाले बाध्य भएर यो कदम उठाउनु परेको स्पष्ट पारेका छन् ।

युगान्डाली प्रहरीले चुनावको दिन राजधानी कम्पाालाका घर घरका छानामा सुरक्षाकर्मि तैनाथ गरिने जानाकारी दिएको छ । अहिले शसस्त्र सवारी साधनले सडकहरुमा गश्ती गरिरहेका छन् । लगातार ३५ वर्ष सत्तामा रहँदै आएका मुसेभेनीले छैठौं कार्यकालका लागि चुनाव लड्न लागेको हो । राजधानी कम्पाला लगायत मुलुकका अनय थुप्रै जिल्लामा चुना प्रचार माथि रोक लगाइएको छ ।

विपक्षीहरुले आफुहरुको बलियो पकड भएकाले त्यहाँ प्रचार कार्य रोकिएको दावी गरेका छन् भने सरकारले कोभिड १९ संक्रमण नियन्त्रणका लागि यो कदम चालिएको बताएको छ । बोबी वाइन लगायत उनका समर्थक एवं प्रचार अभियन्ताहरुलाई पटक पटक पक्राउ गरिइसेको छ । गत नोभेम्वरमा बोबी वाइनलाई पक्राउ गरिएपछि शुरु भएको हिंसात्मक घटनामा पचास जना भन्दा बढि व्यक्तिले ज्यान गुमाएका थिए ।

प्रतिक्रिया दिनुहोस्