खाना नपकाएको झोँकमा छोराले गरे आमाको हत्या



यमलाल भुसाल, बुटवल ।

अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिकामा छोराको कुटपिटबाट आमाको मृत्यु भएको छ । नगरपालिकाको वडा नम्बर १ तुम्कोट नेपाली टोलका कमल बहादुर नेपालीका २३ बर्षीय छोरा बिमल नेपालीकोे कुटपिटबाट आमा हिरादेवीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

मासु ल्याउन गएका छोराले घरमा आमालाई खाना बनाउन भनेको तर घरमा आउँदा आमाले खाना नबनाएको भन्दै गएराति ११ बजे पाइपले हान्दा हिरादेवीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी राम नारायण गुप्ताले जानकारी दिनु भयो । प्रहरीले बिमललाई नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्