त्रिशुली नदीको दोभानमा पुल बनेपछि हाकुका बासिन्दामा सहज



सरस्वती न्यौपाने, रसुवा ।

भौगोलिक रुपले विकट रहेको हाकुका बासिन्दाहरुको सहजताका लागी त्रिशुली नदीको दोभानमा बेलिव्रिज निर्माण गरिएको छ । गोसाईकुण्ड गाउँपालिका वडा नं. ६ र आमाछोदिङमो गाउँपालिका वडा नं. १ मा बेलिव्रिज अपर त्रिशुली बान, दुई सय १६ मेगावाट जलविद्युत आयोजनाले गाउँपालिका सँग समन्वय गरि निर्माण सम्पन्न गरेको हो ।

उक्त बेलिव्रिजको लम्बाई ४० मिटरको रहेको छ । अपर त्रिशुली बानका महानिर्देशक गिरिराज अधिकारीका अनुसार बेलिब्रिजको सामान किन्ने लगाएत जोडने एवम तिन सय मिटर पहँुच मार्ग र संरचना निर्माणका लागी ६ करोड ८० लाख रुपैयाँ खर्च भएको छ ।

अगामी बैशाख महिना भित्र हाकुमा मोटर गुडाउने लक्ष्य सहित हाकुवेशी देखि ठुृलो हाकु सम्म खोलिएका सडक मर्मत गरि अप्ठ्यारो ठाउँहरुमा पर्खाल लगाउने काम थालिसकेको छ । गएको वर्ष खोलेको ग्रामिण सडक सफा गर्ने काम अगाडी बढेको हो ।

बेलिव्रिज बनेपछि हाकु, नेसिङ, र लुमराङ बासिहरुका लागी नियमित ओहोरदोहोर गर्न सहज हुने वडा अध्यक्ष निमा दिण्डु तामाङले बताउनु भयो । स्थानिय सरकारको पहिलो प्राथमिकतामा सडक निर्माण भएकोले ग्रामिण भेगका स्थानियको सहजताका लागी सडक विस्तार गरिएको अध्यक्ष बुचुङ तामाङले बताउनु भयो । यस पुल वनेपछी तीन सय घर लाभम्वित हुनेछन

प्रतिक्रिया दिनुहोस्