सल्यानमा बसले मोटरसाइकलाई ठक्कर दिँदा एक जनाको मृत्यु



सरिता चलाउने, सल्यान ।

सल्यानमा यात्रुबहाक बसले मोटरसाइकललाई ठक्कर दिदा एक जनाको मृत्यु भएको छ । जिल्लाको शारदा नगरपालिका ६ बरला बजार नजिकै मोटरसाइकलाई ठक्कर दिदा मोटरसाइकलमा सवार शारदा नगरपालिका ६ बरलाका ३० वर्षीय विरेन्द्र भण्डारीको मृत्यु भएको हो ।

ढोरचौरबाट श्रीनगर आउँदै गरेको ना ३ ख ९६४३ न को बसले श्रीनगरबाट बरला जाँदै गरेको रा ३ प ८७६७ न मोटरसाइललाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी लक्ष्मण ओलीले जानकारी दिनुभयो ।

दुर्घटनामा घाइते भण्डारीको सल्यान जिल्ला अस्पताल खलंगामा उपचारको क्रममा मृत्यु भएको ओलीको भनाई छ ।  ठक्कर दिने बस नियन्त्रण रहेको र चालक भने फरार रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्