पीएम कप राष्ट्रिय प्रतियोगिताको लागि सुदूरको टोली घोषणा



बैतडी ।

प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेशको टोली छनोट गरिएको छ । नेपाल क्रिकेट संघ, सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका अध्यक्ष हरि रेग्मीका अनुसार गत मंसिरमा सम्पन्न प्रदेशस्तरीय छनोट प्रतियोगिता र त्यसपश्चात् सञ्चालन गरिएको क्याम्पमा गरेको प्रदर्शनका आधारमा १४ सदस्यीय टोली घोषणा गरिएको हो ।

यस्तै, ४ जनालाई वैकल्पिक खेलाडीको रूपमा राखिएको छ । सन्तोष भट्टको कप्तानीमा छनोट भएको टोलीमा खडकबहादुर बोहरा उपकप्तान रहेका छन् ।त्यस्तै, अन्य खेलाडीमा विकेटकिपरमा अर्जुन साउद, अरुण ऐरी, गजेन्द्र बोहरा, सञ्जु दमाईं, सुरज तिरुवा, किरण ठगुन्ना, विनोद लामा, शेर मल्ल, हेमन्त धामी, नारायण जोशी, नरेन्द्र साउद र भोजराज भट्ट छनोट भएका छन् ।

यस्तै, वीरेन्द्र नाथ, दीपेन्द्र सिंह ऐरी, विक्रम थापा र विकास आग्री वैकल्पिक खेलाडीका रूपमा छनोट भएको संघले जनाएको छ । टिम व्यवस्थापनकमा शेरसिंह खत्री र प्रशिक्षकमा वीरेन्द्र शाही रहेका छन् । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता अगामी माघ २ गतेदेखि काठमाडौंमा हुँदैछ । ३ विभागीय र ७ प्रदेश गरी १० टोली सहभागी हुने प्रतियोगिता माघ १७ गतेसम्म सञ्चालन हुनेछ । सुदूरपश्चिम प्रदेशले पहिलो खेल माघ ५ गते बाग्मती प्रदेशसंग त्रिवि क्रिकेट मैदानमा खेल्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्