‘अवैध शुल्क माग्दै विद्यार्थीलाई परिक्षा हलबाट निकाल्ने कलेज संचालक प्रधानमन्त्रीको संरक्षणमा’



न्युज अफ नेपाल, काठमाडौ  । 

चिकित्सा शिक्षामा अबैद्य रकम माग गरि छात्रबृत्तिमा एमबीबीएस पढ्दै आएका दुई बिद्यार्थीलाई चौथो बर्षको अन्तिम परिक्षा हलबाटै बाहिर निकालेको बिषयलाई चिकित्सा शिक्षा सुधारका अभियन्ता डा.गोविन्द केसीले कडा शब्दमा आलोचना गर्दै तत्काल परिक्षामा सामेल गर्न माग गर्नुभएको छ ।

डा.केसीले बिज्ञप्ती जारी गर्दै वीरगन्जस्थित नेशनल मेडिकल कलेजका सञ्चालक बसरुद्धिन अन्सारीले अवैध रकम असुल्नका लागि एमबीबीएसका बिद्यार्थी रामजी राम र पंकज कुमार रामको परीक्षा रोकेकोमा आपती जनाउँनुभएको छ ।

मेडिकल कलेज संचालक अन्सारी प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा संरक्षित तथा नेकपाका नेता समेत रहेको डा.केसीले आरोप लगाउनुभयो ।

कलेज संचालकको गतिविधिप्रति चिकित्सा शिक्षा आयोग र चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) ले ‘नियामक निकायलाई नटेर्ने तथा अवैध असुली गर्ने कलेजहरूको सम्बन्धन खारेजसम्मको निर्णय गर्ने अधिकार छ । अधिकारको प्रयोगगरि जिम्मेवार निकायहरूले व्यवहारिक रुपमा कार्यान्वयन गराउनुपर्ने कुरामा डा.केसीले जोड दिनुभएको छ ।

उहाँले जारी गर्नुभएको विज्ञप्तीमा बुधबारदेखि दुवै विद्यार्थीको सबै विषयको परीक्षा सुचारु गराउन र छुटेका विषयको विशेष परीक्षा लिने व्यवस्था गराउन तथा नेशनल मेडिकल कलेजलगायत अवैध रुपमा थप शुल्क असुल गर्ने मेडिकल कलेजको सिट कटौतीदेखि सम्बन्धन खारेजसम्मको प्रक्रिया अघि बढाउन त्रिबि चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम) र चिकित्सा शिक्षा आयोगको ध्यानाकर्षण गराउन चाहेको बताउँनुभएको छ ।

अबैध अशुलि धन्दामा संलग्न कलेज सञ्चालकलाई फौजदारी मुद्दा चलाउनसमेत डाक्टर केसीको माग रहेको छ । बिद्यार्थीलाई परिक्षाहलबाटै बाहिर निकालेको बिषयमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) क्रान्तिकारी माओवादीनिकट भ्रातृसंगठनले दलित कोटामा पढ्दै गरेका दुबै बिद्यार्थीलाई एमबिबिएस परीक्षामा सामेल गराउन विज्ञप्ती जारी गरि माग गर्दै परिक्षा हलबाट निकालिएको प्रति आपत्ति जनाएको छ ।

पुष २७ गते सोमबारदेखि सुरू भएको एमबिबिएस चौथो वर्षको परीक्षा हलबाटै निकालिएका दुबै दलित विद्यार्थी भएको र अबिलम्ब परिक्षामा सामेल गराउन अनुरोध गर्दै परिक्षामा सामेल नगराए कडा आन्दोलनमा उत्रने युनियनले चेतावनी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्