‘अमेरिकाको पचासवटै राज्यमा शसस्त्र प्रदर्शनको खतरा ’



वासिंगटन,(एजेन्सी) ।

अमेरिकी सुरक्षा अधिकारीहरुले नव निर्वाचित राष्ट्रपति जोय बाइडेनले २० जनवरीमा पदिय शपथ ग्रहण गर्नु केहि दिन अघि देशभरि शसस्त्र प्रदर्शन हुन सक्ने संभावना रहेको चेतावनी दिएका छन् । ति अधिकारीहरुका अनुसार शसस्त्र समुहहरु सम्पूर्ण पचास स्टेट क्यापिटल र वासिंगटन डिसिमा विरोध प्रदर्शनको योजना बनाइरहेका छन् ।

ट्रम्पका हजारौं समर्थकहरु क्यापिटल भवनमा जवर्जस्ती प्रवेश गरेको दुई साता पछि हुन गइरहेको उक्त शपथ ग्रहण कार्यक्रमका लागि सुरक्षा योजना निकै कडा बनाइँदै गरिएको बुझिएको छ । प्रतिनिधि सभाका डेमोक्रेटहरुले राष्ट्रपति ट्रम्प विरुद्ध महाभियोग लगाउने आधारका लागि बुधवार मतदान गर्ने भनेका छन् । तिनीहरुले ट्रम्प विरुद्ध विरोद्रह र प्रदर्शनका लागि आफ्ना समर्थकहरुलाई उक्साएको आरोप लगाएका छन् । विधायकहरुले यदि उप राष्ट्रपति माइक पेन्सले अमेरिकी संविधानको धारा पचिस संशोधन गरेर ट्रम्पलाई व्हाइट हाउसको कार्यालयबाट ननिकालेको खण्डमा आफुहरु उनी विरुद्धको महाभियोग प्रक्रियाका लागि अघि बढ्ने चेतावनी दिएका हुन् । तर पेन्स भने ट्रम्पलाई निकाल्न संविधान संशोधन गर्ने पक्षमा देखिएको छैन ।

बाइडेन र उप राष्ट्रपति कमला ह्यारिसले क्यापिटल भवनमै एक विशेष कार्यक्रमबिच शपथ ग्रहण गर्ने अनुमान गरिएको छ । सुरक्षा अधिकारीहरुले आफुहरुले कुनै पनि हालतमा शपथ ग्रहणको दिन गत ६ जनवरीमा जस्तो हुलदंगा हुन नदिने दावी गरेका छन् । क्यापिटल भवनको दंगामा एक जना प्रहरी अधिकृत लगायत पाँच जनाले ज्यान गुमाउनु परेको थियो ।

प्रतिक्रिया दिनुहोस्