संचारिका समूहको २४ औं साधारण सभा सम्पन्न



न्युज अफ नेपाल, काठमाडौँ ।

पत्रकार महिलाहरुको संगठन संचारिका समूहको २४ औं साधारण सभा भर्चुअल रुपमा मंगलबार सम्पन्न भयो ।

साधारण सभाका बारेमा संचारिकाका अध्यक्ष नितु पण्डितले बिस्तृत जानकारी गराउँनुका साथै प्रदेश तथा जिल्ला स्तरका सदस्यहरुबाट उठेका जिज्ञासाको सम्बोधन गर्नुभएको थियो ।

कार्यक्रममा संस्थाका महासचिव बिमला तुङ्खेवाले समूहको प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो । त्यसैगरी समूहका कोषाध्यक्ष सीमा कुमारी शर्माले संचारिकाको परियोजना र आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रमको पहिलो सत्र संचारिका समूहका संस्थापक अध्यक्ष बन्दना राणाको अध्यक्षतामा शुरु भै दोस्रो सत्र संचारिकाका पूर्व अध्यक्ष बबिता बस्नेतको अध्यक्षतामा भै अन्तिम सत्र निवर्तमान अध्यक्ष निर्मला शर्माको अध्यक्षतामा सम्पन्न भयो ।

साधारण सभामा केन्द्र, सातै प्रदेश र जिल्लाका पत्रकारहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्