तन जल्यो, मन जल्यो अनि वन जल्यो



dgfª, @* k’;M ut dªl;/ !! ut] b]lv nfu]sf] dgfª gf;f] ufpFkflnsf–* tfr}sf] hªunsf] cfuf] cem} lgoGq/0f ePsf] 5}g . cfuf]n] emG8} ;ft ;o x]S6/ hªun ;vfk agfPsf] 5 . dfgjLo Iflt geP klg nf]kpGd’v hªunL hgfj/ / jg:klt gf; u/]sf] 5 . clxn] :yfgLo, lhNnf k|zf;g, g]kfnL ;]gf k|x/L / ;zqsf] 6f]nLn] cfuf] lgoGq0f ug{ nfu]sf] 5 . t:jL/M gjLg nfdL5fg], /f;;

यदुप्रसाद भट्ट, मनाङ ।

हिमालपारिको जिल्ला मनाङमा मंसिर ११ गतेदेखि लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । चामे गाउँपालिका–२ थानचोकको वनबाट आगलागी शुरु भएको थियो । स्थानीयले बारम्बार अनुनयविनय गर्दा पनि आगलागी नियन्त्रणमा कसैले चासो देखाएनन् ।

काठमाडौंबाट मनाङको यात्रामा निस्केको पत्रकारको टोली आगलागी स्थलमा पुग्दा स्थानीयले सम्बन्धित निकायको आँखा खोलिदिन हारगुहार गर्दै थिए । ‘तन जलेको छ, मन जलेको छ अनि घरसँगैको वन जलेको छ’, नासो गाउँपालिका–८ ताचैका स्थानीय यज्ञ घलेले पीडा पोख्नुभयो । दिनभरि ताचैका स्थानीय आफैं आगलागी नियन्त्रणमा खटिएका छन् । विकट हिमाली भूभाग, स्रोतसाधनको अभाव अनि प्रशासनको बेवास्ताका कारण लागलागी नियन्त्रणमा कुनै ठोस पहल नभएको उहाँको भनाइ थियो ।

त्यस्तै ताचैका सीएमसी प्रमुख याद घलेले आफैंले सीडीओ तथा सुरक्षाका चारवटै निकायलाई लागलागी नियन्त्रणमा कदम चाल्न अनुरोध गरेको बताउनुभो । मनाङबाट सरुवा भएर जान लागेका प्रमुख जिल्ला अधिकारी धु्रव गिरीले आफूहरुको कुनै कुरा नसुनेको घलेले आक्रोश व्यक्त गर्नुभयो । उहाँले यहाँका जनप्रतिनिधिले यत्रो संकटको बेलामा पनि कुनै चिन्ताचासो नदेखाएको बताउनुभयो । चुनावका बेलामा मात्र गाउँ आउने अरु बेला काठमाडौंमै बस्ने नेताहरुले गाउँमा ध्यान नदिएको उहाँको भनाइ थियो ।

एक हप्ताअघि मात्र मनाङ आउनुभएका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछाने सोमबारदेखि आगलागी नियन्त्रणमा आफ्नो ध्यानकेन्द्रित भएको भन्दै आगलागी भएको क्षेत्रको स्थलगत अनुगमन गर्नुभएको थियो । उहाँले सुरक्षा समितिसँगको समन्वयमा नियन्त्रणको प्रयास भइरहेको बताउनुभयो ।

‘हाम्रो प्रयत्न जारी छ, हामी नियन्त्रणको प्रयास गरिरहेका छौँ’, उहाँले भन्नुभयो– ‘मानवले गर्न सक्नेजति गछौँ। मानव बस्तीसम्म आउन नदिने हाम्रो प्रयास हुनेछ, अन्तिम अवस्थामा हेलिकोप्टरसम्मको प्रयोग पनि हुन सक्छ ।’

त्यसै गरी आगलागीबाट के कति क्षति भयो यकिन गर्न नसकिने बताउँदै अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) का जिल्ला प्रमुख लेखनाथ गौतम आगलागीले जैविक विविधतामा गम्भीर असर पु¥याउने बताउनुभयो । एक महिनादेखि मनाङ प्रमुख भएर आउनुभएका गौतम सीडीओको टोली आगलागी क्षेत्रमा पुगेपछि मात्र उहाँ पुग्नुभएको थियो । ‘हिमाली क्षेत्रमा लामो समयसम्म लागेको आगोले वनस्पति र वन्यजन्तु लोप हुन्छन् । यसले जैविक विविधतालाई असर पार्छ’ –गौतमले भन्नुभयो ।

आगलागीले कस्तूरी मृगदेखि हिमचितुवासम्म्को बासस्थान खोसिएको छ भने पाँचऔंले, चिराइतो, जटामसी, निरमसी, यार्सागुम्बाजस्ता अमूल्य जडीबुटी नाष्ट भएको छ ।

कहाँ कसले किन कसरी आगलागी भयो भन्ने यकिन कारण अहिलेसम्म पत्ता लाग्न सकेको छैन । तर पनि हिमाली क्षेत्रमा कस्तूरी, थार, घोरल आदिको चोरीसिकारी गर्न अनि अर्को साल राम्रोसँग गुच्ची च्याउ टिप्न पाइने आशामा पनि आगलागी गराएको हुन सक्ने स्थानीय नरजंग घले बताउनभयो । निगालोको झाडीमा आगो लगाउँदा नयाँ घाँस पलाउने भएकाले स्थानीय गोठालाहरुले आगो लगाएको हुन सक्नेमा घलेले जोड दिनुभयो ।

नयाँ सीडीओ लामिछने आएपछि दैनिक रुपमा स्थानीयबासी, नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरीको टोलीको आगलागी नियन्त्रणमा खटेको छ । चामे गाउँपालिका–२ थानचोकबाट शुरु भएको आगलागीले हाल नासो गाउँपालिका–८ ताचै आइपुग्दा ७ सय हेक्टरभन्दा बढी जंगल सखाप पारिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्